निफको ७ सातौं संस्करणको जुरीमा प्रदीप, दीया र किशोर छनोट

निफको ७ सातौं संस्करणको जुरीमा प्रदीप, दीया र किशोर छनोट

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ) को जुरीमा अभिनेत्री दीया मास्के, अभिनेता प्रदीप खड्का र साउन्ड डिजाइनर किशोर आचार्य छानिएका छन् । प्रदीप फिचर सिनेमातर्फ, दीया छोटा/डकुमेन्ट्री सिनेमा र डकुमेन्ट्रीतर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायकमा छनोट भएका हुन् ।

अभिनेता खड्का र अभिनेत्री मास्केले निफको छैटौं संस्करणमा ‘प्रकाश’बाट अवार्ड समेत जितेका थिए । आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा हुने लागेको निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधानअनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो ।

निफका अध्यक्ष केपी पाठकले अघिल्लो सालका विजेताहरु महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गर्दा सहर्ष स्वीकार गरेपछि नेपालतर्फका तीन निर्णायकको टुंगो लागेको बताएका छन् । यो संस्करणमा ४० देशका ८८ वटा फिचर, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् ।

महोत्सव अवधिभर प्रतिस्पर्धामा रहेका सिनेमाको प्रदर्शनसँगै सिनेमा निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रिया गरिनेछ । महोत्सवमा छानिएका सिनेमाहरु क्यूएफएक्स चेनका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा देखाइने छन् ।