बदलाको कथा ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक

बदलाको कथा ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राजधानीको एक हलमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले सिनेमाको अफिसियल टिजर रिलिज गरेको हो ।

सिनेमाको सार्वजनिक १ मिले ५६ सेकेण्ड लामा टिजरमा महत्वपूर्ण दृश्यलाई समेटेर तयार पारिएको छ । सिनेमाको टिजर रिलिज कार्यक्रममा निर्देशक सौरभ चौधरी, अभिनेता सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरी, मलिका महत लगायत उपस्थित थिए ।

सिनेमाको टिजरमा अभिनेता सौगात मल्लको बहुचरित्रकरण देख्न सकिन्छ । उनको प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकसम्मको चरित्र चित्रण टिजरमा देख्न सकिन्छ । बदलाको कथामा आधारित सिनेमामा मलिकालाई सौगातकी प्रेमिकाको भूमिकामा देखाइएको छ ।

सौगातले आफूले मन पराएकी युवतीलाई अपहरणबाट मुक्त गर्न गर्ने लडाइँको कथा सिनेमामा प्रस्तुत छ । सौगात सबै चरित्रमा ‘पर्फेक्ट’ देखिएका छन् । उनको मानसिक सन्तुलन गुमाएको अवतारले पनि दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । टिजरमा नाजिरलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

सिनेमामा सौगात, नाजिर र मलिकाका अलवा निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको सिनेमामा लगानी छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको सिनेमाको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको छ ।