सामाजिक कार्यमा ‘हात्तीछाप’ टिम, नि:शुल्क औषधी वितरण

सामाजिक कार्यमा ‘हात्तीछाप’ टिम, नि:शुल्क औषधी वितरण

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हात्तीछाप’ सामाजिक कार्यमा पनि जोडिएको छ । माघ १३ गते शनिबार सिनेमाको टिमले लायन्स क्लबसँगको सहकार्य गरेर किस्पाङ २ स्थित सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

निर्माता करण नेपालीले स्वास्थ्य शिविरमा औषधी निःशुल्क रुपमा वितरण गरिएको जानकारी दिए । शिविरमा सात सय बढीले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा काठमाडौंस्थित टिचिङ अस्पतालका ४९ जना डाक्टर स्वास्थ्य परिक्षणमा खटिएका थिए । जटिल रोगका बिरामीलाई टिचिङ अस्पतालमा सहजीकरण गरिने निर्माता नेपालीले बताएका छन् ।

सिनेमालाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ भन्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाई छ । सिमोस सुनुवार निर्देशित सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतको अभिनय छ ।

रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता पुष्कर गुरुङ र अमलादेवी राई छन् ।