‘युनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्दै सलिन, मुख्य भुमिकामा सलोन पनि

‘युनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्दै सलिन, मुख्य भुमिकामा सलोन पनि

द सिनेमा टाइम्स
420
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलिनमान बनियाँले सिनेमा ‘यात्रा : अ म्युजिक भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने सिनेमा ‘युओजी’ (युनिभर्सिटी अफ गुन्डाज्) को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।

सिनेमाको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोनलाई एक्सन मुडमा देख्न सकिन्छ । ब्याग्रराउण्डमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले सिनेमामा विश्व विद्यालयमा हुने गुण्डाराजको कथालाई उठाएको बुझ्न सकिन्छ ।

सिनेमाको मुख्य भुमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भैसकेका छन् । यो सिनेमा सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ । उनीहरुले ‘ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् । सलिन र सलोन मिल्ने साथी पनि हुन् ।

सिनेमा आगामी बैशाख वा जेष्ठबाट फ्लोमा जानेछ । सिनेमाको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ । सिनेमामा नाम चलेका निर्देशक नै रहने दाबी टिमको छ ।

पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने सिनेमाका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । सिनेमाको लागि अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन् ।