माघ २६ बाट नेपालसहित विश्वभर प्रदर्शनमा आउने भयो ‘हात्तीछाप’

माघ २६ बाट नेपालसहित विश्वभर प्रदर्शनमा आउने भयो ‘हात्तीछाप’

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघ २६ बाट प्रदर्शनको तयारीमा रहेको सिनेमा हात्तीछाप नेपालसँगै विश्वभर एकसाथ रिलिज हुने भएको छ । यसअघि माघ २६ मा नेपालसहित केही देशमा मात्र सिनेमा रिलिज हुने पक्का भएको थियो ।

अब, यो सिनेमाको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो सिनेमा रिलिज हुने जानकारी दिएको हो । यो सिनेमालाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर रिलिज गर्दैछन् ।

यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटल, यूरोपका सम्पूर्ण देशमा नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ । मध्यपूर्वका देशमा सिनेमालाई सुप्रिम फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा सिनेमालाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

विश्वभर एकसाथ सिनेमा रिलिज हुँदा त्यसले पार्ने प्रभाव र उत्साह नै छुट्टै हुने प्रस्तुतकर्ता किरण नेपालीले बताए । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमाले नेपालसँगै विदेशमा पनि सुखद व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ । सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता पुष्कर गुरुङ र अमलादेवी राई छन् ।