सकियो भूठान (द वर्ल्डस् ह्यापियस्ट म्यान)को छायांकन

सकियो भूठान (द वर्ल्डस् ह्यापियस्ट म्यान)को छायांकन

सिनेमामा हलिउड अभिनेता ब्रुस डर्न मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा यो सिनेमाको प्रविधिक पक्ष अत्यन्तै सबल रहेको र कथा पनि विश्वले आत्मसात गर्ने रहेको छ ।

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्यापियस्ट म्यान’ छुट्टाछुट्टै नाम रहेको ‘बुलबुल’ निर्देशक विनोद पौडेल निर्देशित पहिलो हलिउड नेपाली सिनेमाको सम्पूर्ण छायांकन सकिएको छ ।

सिनेमामा हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्यका अलावा भारतीय कलाकार अनुराधा मजुमदार तथा विश्वविख्यात हलिउड अभिनेता ब्रुस डर्न लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो सिनेमामा ‘सांघुरो’का निर्देशक जोयश पाण्डे र नेपाली नाट्यकर्मी विमल सुवेदीको समेत अभिनय रहेको छ । निर्माण पक्षले विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि ‘भूठान’लाई हलिउडको मापदण्डमा रहेर बनाइएको जानकारी दिएको छ ।

‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) सिनेमा हुनेछ । यसमा ब्रुस डर्न मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा यो सिनेमाको प्रविधिक पक्ष अत्यन्तै सबल रहेको र कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो सिनेमा मार्फत हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूर्ण नेपाल र नेपालीको गर्वको कुरा हो’ ‘भूठान’का लेखक तथा निर्दैशक पौडेल बताउँछन् ।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको सिनेमामा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कंपनिले सहकार्य रहेको छ । कौशिला खनाल कर्मचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ तथा रमेश भट्ट सिनेमामा कार्यकारी निर्माताका रुपमा रहेका छन् भने राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा यसका निर्माता हुन् । सन् २०२४ मै सिनेमालाई विश्वव्यापी रिलिज गरिने उनीहरुको भनाई छ ।