ब्रम्हानन्दमको जनमदिनमा ‘ह्रस्व दीर्घ’,को फस्टलुक सार्वजनिक

ब्रम्हानन्दमको जनमदिनमा ‘ह्रस्व दीर्घ’,को फस्टलुक सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ब्रम्हानन्दमको जनमदिनमा ‘ह्रस्व दीर्घ’,को फस्टलुक सार्वजनिक भयको छ । अभिनेत्री नीता ढूंगानाको निर्माण तथा प्रमूख अभिनय रहेको ‘ह्रस्व दीर्घ’ दशैंमा रिलिज हुने भएको छ । सिनेमाका कलाकार बम्हानन्दमको जन्मदिनमा फस्ट लुक रिलिज गर्दै नीताले सिनेमाको रिलिज मिति घोषणा गरेकी हुन् ।

घोषणा अनुसार ‘ह्रस्व दीर्घ’ असोज ११ गते रिलिज हुनेछ । सार्वजनिक फस्ट लुकमा बम्हानन्दम मात्र फिचर भएका छन् । सार्वजनिक फस्टलुकमा उनलाई नेपाली ढाका टोपीमा मुस्कुराइरहेको देख्न सकिन्छ । उनको निधारमा तिलक समेत छ । चन्द्र पन्द निर्देशित सिनेमामा नेपालका र भारतका कलाकारहरुको अभिनय रहेको छ । सिनेमा नेपालीसँगै तेलेगु भाषामा रिलिज हुनेछ ।

भारतमा भने यो सिनेमामा ओटिटि प्लेटफर्ममा मात्र रिलिज हुनेछ । हरिहर अधिकारीले लेखेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रविन्द्र झालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ । सिनेमामा ब्रम्हानन्दमका अलावा अलि, ‘गजनी’ सिनेमाका खलनायक विजय रावतको समेत अभिनय रहेको छ । तीन सेड्यूलमा छायाँकन हुने सिनेमाको पहिलो र दोस्रो सेड्यूलको छायांकन सकिएको छ भने तेस्रो सेड्यूलको छायांकन भारतमा हुँदैछ ।