प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो

प्रेमिका सन्ध्यासँग कोशिसले कसे लगनगाँठो

द सिनेमा टाइम्स
532
Shares

सिनेमा टाइम्स, काठमाडौं – अभिनेता तथा गायक कोशिस क्षेत्री विवाहवन्धनमा बाँधिएका छन् ।

हेटौडा स्थायी घर भएका कोशिसले हेटौडाकै सन्ध्या ढुंगानासँग विवाह गरेका हुन् उनीहरुबीच गत माघ १७ गते विवाह भएको हो कोशिसले एक वर्ष पहिले सन्ध्यासँग इन्गेजमेन्ट गरेका थिए ।

उनीहरुको सिमित पारिवारिक व्यक्तिहरुको उपस्थितिमा विवाह भएको हो । उनीहरुले आठ वर्ष बढी लामो प्रेमसम्बन्धलाई विवाहमापरिणत गरेका हुन् ।

सन्ध्याले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् गायन हुँदै अभिनयमा प्रवेश गरेका कोशिसलेमोक्षसिनेमामा उत्कृष्ट काम गरेको भन्दै तारिफ पाएका थिए । यो वर्ष उनी अभिनितऐंचोपैचोतथापरस्त्रीसिनेमा रिलिज भएको थियो ।

उनी अब केही समयपछि  दिनेश अधिकारीचरीको जीवनीमा आधारित सिनेमा अभिनय गर्ने तयारीमा छन् ।