विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

द सिनेमा टाइम्स
287
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता गौरव पहारी विवाह बन्धनमा बाँधिएका छन् । दुई पक्षका परिवारका सदस्यको उपस्थितिमा आइतबार काठमाडौंको एक पाँचतारे होटलमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् ।

यो वर्षको असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन वर्षदेखि प्रेम सम्बन्धमा थियो । श्रेणी पेशाले जुम्बा प्रशिक्षक हुन् । गौरव भने अभिनयमा सक्रिय छन् । उनी पुराना अभिनेता टीका पहारीका छोरा हुन् ।

गौरवले ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘रातो घर’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जनभन्दा बढी सिनेमामा काम गरिसकेका उनी ‘साइँली’का निर्माता पनि हुन् ।

गत मंसिर अन्तिममा उनी अभिनीत सिनेमा ‘दुई कदम’ प्रदर्शन आएको थियो भने अर्को सिनेमा ‘नम्बरी सुन’ प्रदर्शनको तयारीमा छ । पछिल्लो समय उनी सहायक चरित्रमा बढी देखिने गरेका छन् ।