जन्मदिनमा निर्देशक लक्ष्मण सुवेदीले घोषणा गरे ‘पार्वती’

जन्मदिनमा निर्देशक लक्ष्मण सुवेदीले घोषणा गरे ‘पार्वती’

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक लक्ष्मण सुवेदीले ‘पार्वती’ नाममा सिनेमा निर्माण गर्ने भएका छन् । शुक्रबार आफ्नो जन्मदिनको अवसरमा उनले विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् सिनेमा निर्माणको घोषणा गरेका हुन् । सिनेमालाई अर्को वर्षको शिवरात्रीमा प्रदर्शन गरिने भएको छ ।

निर्देशक सुवेदीको लेखन, निर्माण तथा गीत रचना रहने सिनेमामा बाबु-छोरीको सम्बन्धको कथा उठाइने जनाइएको छ । ‘सिनेमाले मनोरञ्जन दिनुका साथै नेपाली समाजलाई झकझकाउने र सोच्न बाध्य बनाउनेछ । सामाजिक प्रेमकथालाई पनि सिनेमामा प्रस्तुत गर्नेछौं,’ निर्देशक सुवेदीले भने ।

आगामी वर्षको जेठबाट छायांकनको तयारी गरिएको सिनेमामा श्रीदेवी सुवेदीको निर्माण रहनेछ । दिलासा र सारा सुवेदीको प्रस्तुतिमा बन्न लागेको सिनेमामा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया र दिलासा क्रिएसनले सहकार्य गरेका छन् ।

सिनेमाको वितरण श्रीराम बालाजी फिल्म्सले गर्नेछ । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिने सिनेमाका लागि कलाकार र प्राविधिक छनोटको काम भइरहेको निर्देशक सुवेदीले बताए । उनी निर्देशित सिनेमा ‘सतीदेवी’ प्रदर्शनको तयारीमा छ ।