पैसाको चक्करमा दौडधुप अनि किचलोको कथा ‘जिग्री’को ट्रेलर

पैसाको चक्करमा दौडधुप अनि किचलोको कथा ‘जिग्री’को ट्रेलर

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा रहेका युवाको दौडधुप अनि किचलो सिनेमाको मुख्य कथावस्तु रहेको ट्रेलरमा देख्न सकिन्छ । कमेडी क्राइम एक्सन ड्रामाको मिश्रण रहेको सिनेमाको ट्रेलर ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

सिनेमालाई आकाश मगरले निर्देशन गरेका हुन् । सिनेमामा अभय राज बराल र आकाश मगरका अलवा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

सुस्केरा आर्टस्को प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको सिनेमाका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । सिनेमाको वितरण निर्माण कम्पनि सुस्केरा आर्टस्ले नै गर्नेछ ।

सिनेमामा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ ।