‘सिटामोल’बाट सौगात र बेनिशाको लुक्स सार्वजनिक

‘सिटामोल’बाट सौगात र बेनिशाको लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राज बहादुर सानेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘सिटामोल’को छायांकन अहिले धमाधम सिन्धुलीमा भैरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको हो ।

सिनेमाको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक राज बहादुर सानेले खुशी ब्यक्त गरेका छन् । अहिलेकै स्पीडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशबक साने बताउँछन् । बिगत एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ ।

सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन् । यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ । माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ । सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रुपमा हुनसक्ने बुझिन्छ ।

सिनेमामा उनीहरुका अवा लोकेन्द्र लेखक पनि मुख्य भुमिकामा काम गरेका छन् । बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन् । सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।