महिला संघर्षको कथा ‘रुखान’ निर्माण तथा निर्देशन गर्दै सविर श्रेष्ठ

महिला संघर्षको कथा ‘रुखान’ निर्माण तथा निर्देशन गर्दै सविर श्रेष्ठ

द सिनेमा टाइम्स
413
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सविर श्रेष्ठले ‘रुखान’ नाममा निर्माण तथा निर्देशन गर्ने भएका छन् । सोमबार एक पोस्टर सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरिएको हो । एआईको प्रयोग गरेर तयार पारिएको पोस्टरमा एक महिलालाई विद्रोही अवतारमा चित्रण गरिएको छ ।

पृष्ठभूमिमा आन्दोलनकारी, आर्मी फोर्स, अक्सिजन माक्स लगाएको विरामी र न्यायमूर्तिको प्रतिमा देखिन्छ । नेपालीसँगै अंग्रेजी, हिन्दी र भोजपुरी गरी चारवटा भाषामा बन्न लागेको सिनेमाको निर्मातामा कृष्ण थापा अष्ट्रेलिया र सुरेश गुरुङ छन् भने सविन श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

सिनेमामा डाक्टर रुपक घिमिरेको कथा तथा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । सविन फिल्म्स, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने सिनेमामा अर्जुन पोखरेलले संगीत दिनेछन् । निर्देशक श्रेष्ठका अनुसार अहिले कलाकार छनोटको प्रक्रिया भइरहेको छ ।

सिनेमाको बारेमा निर्देशक श्रेष्ठ भन्छन्, ‘यो एक महिलाको संघर्षको कथा हो । यसबाट हामीले देशका आम नागरिकहरुको समस्यालाई उजागर गर्ने प्रयास गरेका छौं ।’ सिनेमाको मुख्य पात्रमा महिला कलाकार हुने निर्देशक श्रेष्ठले स्पष्ट पारेका छन् ।