‘दयारानी’को बुकिङ खुल्यो, आकर्षक ट्रेलरले जगाएको छ आशा

‘दयारानी’को बुकिङ खुल्यो, आकर्षक ट्रेलरले जगाएको छ आशा

आफूहरु नि:सन्तान हुनुमा पत्नी नभई पुरूष भएको रहस्योद्घाटन गरिएको छ । सो तथ्य लुकाउन खोज्दा साली विवाह गर्नुपर्ने परिस्थितिका बीच अर्की एक युवतीले आफ्नो गर्भको बच्चा कहिल्ये बाबु बन्न नसक्ने भनेर ठोक्का गरिएका पुरुष मुलपात्रको भएको बताएको कुरा ट्रेलरमा देखाइएको छ ।

द सिनेमा टाइम्स
322
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २६ गते शुक्रनबार रिलिज हुने अभिनेता दयाहाङ राई तथा दीया पुन स्टारर ‘दयारानी’को बुकिङ खुलेको छ । हालसम्म देशभरका गरी विभिन्न हलमा सिनेमाले कुल ४२ वटा शो प्राप्त गरेको छ । सिनेमाको लागि आइएनआइ,एफक्यूब, विएसआर,रञ्जना, किर्तिपुर, क्यूज लगायतका सिनेमाहलहरुले बुकिङ खोलेका हुन् ।

नेपालको सबैभन्दा ठूलो हलचेन क्यूएफएक्सले भने यो समाचार तयार गर्दासम्म शो खोलेको छैन । यस्तै बिग मुभिजले पनि शो खोलेको छैन् । शुक्रबारबाट रिलिज हुने ‘दयारानी’ सिनेमाले नेपाली सिनेमा हेर्ने दर्शकको खडेरीलाई अन्त्य गर्ने आशा राखिनेको छ । सिनेमाले सुरुमा रिलिज गरेको टिजर अनि टिजरपछि आएको ट्रेलरले दर्शकहरुको सिनेमाप्रति रुचि जगाएकाले यस्तो आशा राखिएको हो ।

सिनेमाको टिजरमा आफ्ना कारण पतिको वंश रोकिने ठानेपछि आफ्नै बहिनी विवाह गराइदिएर सन्तान प्राप्तिको इच्छा देखिकी एक पत्नीको चाहाना देखाइएको थियो । टिजरले सिनेमाको कथा परिस्थितिजन्य हास्य संवादयूक्त मनोरञ्जक सिनेमा हुने संकेत गरेको थियो ।

त्यसपछि सार्वजनिक भएको ट्रेलरमा प्रस्तुत गरिएको ट्वीस्टले सिनेमाको कथानक झन रोचक रहेको कुरा प्रस्तुत गरेको थियो । ट्रेलरमा आफूहरु नि:सन्तान हुनुमा पत्नी नभई पुरूष भएको रहस्योद्घाटन गरिएको छ । सो तथ्य लुकाउन खोज्दा साली विवाह गर्नुपर्ने परिस्थितिका बीच अर्की एक युवतीले आफ्नो गर्भको बच्चा कहिल्ये बाबु बन्न नसक्ने भनेर ठोक्का गरिएका पुरुष मुलपात्रको भएको बताएको कुरा ट्रेलरमा देखाइएको छ ।

यसरी थपिएको ट्विस्टले सिनेमाको कथा झन रोचक हुने सहज अनुमान गर्न सकिन्छ । यो परिस्थितिमा घट्ने घटनाले दर्शकलाई बाँध्न र मनोरञ्जन प्रदान गर्ने बुझ्न सकिन्छ । त्यसमाथि कलाकारहरुको अभिनय पनि ट्रेलरमा स्वभाविक देखिएको छ । ट्रेलरमा उनीहरु अभिनय गरिरहेका हैनन की ती पात्रमै बाँचिरहेको पाउन सकिन्छ ।

यस हिसाबले सिनेमा दर्शकका लागि रुचिकर हुन्छ भन्न सकिन्छ । स्वयं यसका निर्देशक माओत्से गुरुङ यो नेपाली समाजमा घट्ने घटनामा आधारित भएको र समाजमा पितृसत्ताले कथा अवस्थाहरु ल्याएको छ भन्ने कुरा देखाउन खोजेको बताएका छन् । सिनेमाले पितृसत्तात्मक सोचले महिलासँगै पुरुष पनि त्यसबाट थिचिएको कथा सिनेमा रहेको उनको भनाइ छ ।

यी सब कुराहरुलाई मनन गर्दा सिनेमा मनोरञ्जनको प्याकेजससँगै विचारप्रदान सिनेमा भएको बुझ्न गार्हो पर्दैन। वितरकहरुले ‘दयारानी’ले यसै वर्ष रिलिज भएको ‘जारी’ले जस्तै अनपेक्षित व्यापार गर्ने अनुमान गरेका छन्। सिनेमामा दयाहाङ राई, दीया पुन, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, नयन गुरुङ, श्रीषा कुँवर, प्रमिश गुरुङ आदिको अभिनय रहेको छ।

सिनेमामा दयाकी साली बनेकी नयनको ‘ए हो र आफू को हो र ? संवादले विभिन्न भिडियो प्लेटफर्ममा चर्चा बटुलिरहेको छ । निर्देशक माओत्सेले नै यसको कथा लेखेका हुन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।