मंगलबार राजधानीमा ‘हात्तीछाप’को प्रिमियर सम्पन्न

मंगलबार राजधानीमा ‘हात्तीछाप’को प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघको २६ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा सिनेमाकर्मी, पत्रकार र सिनेमाका कलाकारहरुको उपस्थिती थियो ।

सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्धाजको कथा रहेको यो सिनेमा हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । सिनेमा हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाई, नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे । सिनेमा हेर्नका लागि निर्देशक दिवाकर भट्टराई, मोडल गरिमा शर्मा, नायक तथा मोडल राज कटुवाल पनि हल पुगेका थिए ।

सिनेमा हेरेपछि नायिका बेनिशा हमाल उत्साहित देखिइन् सिनेमामा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन् । अर्की नायिका उपासना सिंह ठकुरीले पनि सिनेमा राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । ‘बोत्तल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले सिनेमा मन पराउने विश्वास व्यक्त गरे ।

सिनेमाले  विशेषगरि, दयाहाङ राई र सौगात मल्लको आ-आफ्नो कथालाई भनेको छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको सिनेमामा  बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । यो सिनेमाको बुकिङ समेत खुलिसकेको छ । सिनेमा लाई अधिकांश हलले सुखद शोज दिएका छन् ।