‘दयारानी’ र ‘हात्तीछाप’को अग्रीम टिकट बुकिङ्ग खुल्ला

‘दयारानी’ र ‘हात्तीछाप’को अग्रीम टिकट बुकिङ्ग खुल्ला

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेका सिनेमा ‘दयारानी’ र ‘हात्तीछाप’को अग्रीम टिकट बुकिङ्ग खुल्ला गरिएको छ । सिनेमाले देशभरका हलले यी दुई सिनेमालाई राम्रो शो उपलब्ध गराएका छन् ।

दुवै सिनेमाले दर्शक हलसम्म फर्काउने सिनेमाको रुपमा हेरिएको छ । जसको लागि दुवै सिनेमाको निर्माण टिमले प्रचारमा राम्रै दौडधुप गरिरहेका छन् । यी दुई सिनेमालाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसलमा गरी ३६/४० शो उपलब्ध गराएको छ । यदी शुक्रबारबाट दर्शकको वर्डअफ माउथ राम्रो मिलेको खण्डमा शो पनि थपिदै जानेछन् ।

यी सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट राम्रो प्रतिक्रिया पाएकाले पनि दर्शक हलसम्म आउने विश्वास सिनेमाकर्मीलाई छ । अग्रीम टिकट बुकिङ्गमा बिग मुभिजले दयारानीलाई ६ शो र हात्तीछापलाई ५ शो, वान सिनेमाज्ले दयारानीलाई ९ शो र हात्तीछापलाई १० शो, एफक्युब सिनेमाज्ले दयारानीलाई ४ शो र हात्तीछापलाई ६ शो, आइएनआइले तीन चेनमा दयारानीलाई १२ शो र हात्तीछापलाई १५ शो दिएका छन् ।

यस्तै अन्य हलहरु रञ्जना, सिके बिएसआ, सिडिसी र क्युज सिनेमाले पनि दुवै सिनेमालाई त्यही अनुपातमा शोहरु छुट्याएका छन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् ।

रेडबर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता पुष्कर गुरुङ र अमलादेवी राई छन् ।