स्वास्थ्य संस्थालाई निश्चलले दान गरे ३ रोपनी बढि जग्गा

स्वास्थ्य संस्थालाई निश्चलले दान गरे ३ रोपनी बढि जग्गा

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक निश्चल बस्नेतले तीन रोपनी भन्दा बढि पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य संस्थालाई दान दिएका छन् ।

बस्नेतले बुवाको इच्छामा इलाम नगरपालिका-१ साखेजुङमा आफ्नो नाममा रहेको तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा आधारभूत स्वास्थ्य उप-केन्द्रलाई दान गरेका हुन् ।

बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने अध्यक्ष वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए ।

निश्चल हाल आफ्नो आगामी सिनेमा ‘बेहुली फ्रम मेघौली’को काममा व्यस्त छन्। सो सिनेमा फागुनदेखि छायांकनमा जानेछ ।

निश्चलको पछिल्लो रिलिज ‘दिमाग खराब’ यसै वर्ष रिलिज भएको थियो।सिनेमामा हाल केही सिनेमा घरमा ८९औं दिनमा चालिरहेको छ ।