दीपेन्द्रको ‘मेयर’मा वर्षा बनिन् खगेन्द्रको जोडी

दीपेन्द्रको ‘मेयर’मा वर्षा बनिन् खगेन्द्रको जोडी

'मेयर' सिनेमा सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि केन्द्रित वायोपिक सिनेमा हो । थापाको जीवनीमा आधारित भएपनि यो पूर्ण वायिपिक सिनेमा नहुने यसअघि नै निर्देशक दीपेन्द्र के खनालले बताइसकेका छन् ।

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा राउत दीपेन्द्र के खनालको निर्देशन रहनेमेयरसिनेमामा अनुबन्धित भएकी हुन् ।

निर्माणपक्षले आज उनी अनुबन्धित भएको खबर सार्वजनिक गरेको हो । सिनेमामा वर्षालाई प्रमुख महिला पात्रका रुपमा देख्न सकिनेछ ।

वर्षा सिनेमामा अभिनेता खगेन्द्र लामिछानेको जोडी बनेर देखिने जानकारी निर्देशक खनालले दिएका छन् ।

खगेन्द्र वर्षाका अलावा सिनेमामा अर्पण थापा प्रकाश घिमिरे तय भइसकेका छन् । सिनेमा फागुनको दोश्रो साताबाट फ्लोरमा जाने खनालको भनाइ छ ।

मेयरसिनेमा सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरतकुमार थापामाथि केन्द्रित वायोपिक सिनेमा हो । थापाकोजीवनीमा आधारित भएपनि यो पूर्ण वायिपिक सिनेमा नहुने यसअघि नै निर्देशक दीपेन्द्र के खनालले बताइसकेका छन् ।

सर्लाहीमा नै सुटिङ हुने यो सिनेमाका निर्माता सागर मैनाली अरविसा थापा हुन् थापा बागमतीमा बनाइएको मानव निर्मित ठूलो तालजसलाई भरत ताल भनिन्छ त्सयका लागि पहिलोपटक राष्ट्रिय स्तरमा चर्चामा आएका थिए ।

माओवादीबाट निर्वाचन लडेका उनी यो नगरपालिकामा हाल आफ्नो दोश्रो कार्यकालमा रहेका छन् ।