anmol jasita

‘महाजात्रा’ जोडी – विपिन र वर्षासँगै दिव्य र गौमाया

‘महाजात्रा’ जोडी – विपिन र वर्षासँगै दिव्य र गौमाया

सिनेमामा रहेका विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो ।

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रणय दिवस सप्ताह सुरू भईसकेको छ । फेब्रुअरी १४ को भ्यालेनटाइन डे अघि नै यो सप्ताहमा मायालु जोडीहरुले भ्यालेनटाइन सप्ताह मनाउने गरेका छन् । सोही सन्दर्भ पारेर सिनेमा ‘महाजात्रा’ले दुई जोडी पात्रको पोस्टर सार्वजनिक गरेका छन् ।

सिनेमामा रहेका विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो । सोसल ड्रामा जनराको सिनेमामा दर्शकहरुले फणिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई ‘जात्रा’ शृङ्खलामा रुचाउदै आइरहेका छन् । अब यसमा दिव्यदेव (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडी थपिएका छन् ।

‘सिनेमाको विषयवस्तु पैसासँग जोडिएको भएपनि यसमा प्रेम पनि छ र यसमा हामीले देखाउने प्रेम अरू भन्दा फरक किसिमको हुने गरेको छ’, निर्देशक प्रदिप भट्टराईले भने, ‘जात्रै जात्रामा फणिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनु भएको थियो । हामीले देखाएको प्रेममा युगल प्रेमसँगै मित्रता, परिवार र देश प्रति प्रेमको पनि छ । यसपटक जात्रा भन्दा माथि उठेर महाजात्रा गरेका छौँ ।’

निर्देशक भट्टराईले यो सिक्वलको कथा यसअघिका सिक्वलकै थिममा रहेको बताए । सिनेमा हासो र रोदनको मिश्रणलाई मौलिक्तासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

सिनेमामा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ,रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।