फ्राइडे बिग मुभिज – कुन कुन सिनेमा भए रिलिज ?

फ्राइडे बिग मुभिज – कुन कुन सिनेमा भए रिलिज ?

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट कमलपोखरी स्थित बिग मुभिजमा दुई नेपाली सिनेमा रिलिज भएका छन् । रिलिज भएका दुई सिनेमामा माओत्से गुरुङ निर्देशित ‘दयारानी’ र ‘सिमोश सुनिवार निर्देशित ‘हात्तिछाप’ रहेका छन्।

सामाजिक-पारिवारिक कथावस्तु बोकेको ‘दयारानी’ दयाहाङ राई, दीया पुन, विजय वराल, नयन गुरुङ, श्रीषा कुँवर, पुस्कर गुरुङ आदिको मुख्य अभिनय रहेको छ।

यसैगरी मल्टिस्टारर ‘हात्तीछाप’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ विल्सन विक्रम राई आदिको अभिनय रहेको छ।

यी दुई नेपाली सिनेमासँगै शाहिद कपुर तथा कृति सेनन स्टारर ‘तेरी बातोमें ऐसा उल्झा जिया’ रिलिज पनि भएको छ।