‘अगस्त्य’को गीतमा रोमान्टिक सौगात र मलिका

‘अगस्त्य’को गीतमा रोमान्टिक सौगात र मलिका

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १८ गतेदेखि प्रदर्शन हुन लागेको सिनेमा ‘अगस्त्य’को पहिलो गीत सार्वजनिक गरिएको छ । प्रणय दिवस सप्ताहको अवसर पारेर सार्वजनिक ‘मायामा तिम्रै मायामा’ बोलको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत फिचर्ड छन् ।

एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीको संगीत तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा सविन एकतारेको शब्द तथा रिकेश गुरुङ संगीत निर्मातामा छन् । गीतहरुले उनीहरुको प्रेमभाव बोल्छ । गीतमा तराई क्षेत्रको भूगोल र त्यहाँको जनजीवनलाई आकर्षक रुपमा चित्रण गरिएको छ ।

निर्देशक तथा लेखक सौरभ चौधरीले सार्वजनिक गीत सिनेमामा कथावाचनको रुपमा रहेको बताए । निर्देशक चौधरीले ‘अगस्त्य’को सिक्वेलको समेत कथा तयार गरिसकेका छन् । गीतमा रोमान्टिक रोमान्टिक अवतारमा प्रस्तुत भएका सौगात सिनेमामा एक्सनदेखि मानसिक सन्तुलन गुमेको चरित्रसम्म निभाएका छन् ।

सिनेमामा सौगात र मलिकासँगै नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी लगायतको पनि अभिनय छ । पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको सिनेमाको टिजरलाई पनि सकारात्मक प्रतिक्रिया मिलेको छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमामा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता छन् । सिनेमामा सञ्जय लामाको छायांकन, मनोज श्रेष्ठको भीएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।