उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को छायांकन ३० दिनमा सकियो

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को छायांकन ३० दिनमा सकियो

पाँचथरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो ।

द सिनेमा टाइम्स
2.6k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २१ गतेबाट सुरु भएको उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा मनसराको छायांकन सकिएको छ । सिनेमाको छायांकन ३० दिनमा सकिएको हो । सिनेमाको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ ।

पाँचथरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले मनसराका निर्देशक हुन् । सिनेमामा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् ।

सिनेमामा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

यो सिनेमाको यसअघि सार्वजनिक पोस्टरबाट नै चर्चामा छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।

सिनेमाकर्मीको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने अनुमान गर्न सकिन्छ । ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो ।