अष्ट्रेलियाबाटै सुष्माले गरिन् ‘उपहार’को डबिङ

अष्ट्रेलियाबाटै सुष्माले गरिन् ‘उपहार’को डबिङ

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुष्मा कार्की हाल अष्ट्रेलिया घुमघाममा व्यस्त छिन् । उनले त्यहीँबाट सिनेमा ‘उपहार’को डबिङ समेत गरेकी छन् । फागुन २५ बाट रिलिज हुने सिनेमाका सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् ।

अष्ट्रेलियामा रहेका पत्रकार राजन घिमिरेका अनुसार सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी थिइन् । डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन् । उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

सिनेमामा रेखाको मुकुन, पूजाको समर्पण जंग कार्की र बेनिशाको तेज गिरीसँग जोडी बाँधिएको छ । सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुती तथा ज्ञानेन्द्र देउजा निर्देशित सिनेमामा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।