‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक, विजयको कमेडी शैलीमा नृत्य

‘रङ्गेली’को दोस्रो गीत ‘दुल्हा दुल्हन’ सार्वजनिक, विजयको कमेडी शैलीमा नृत्य

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । पृथक शैलीमा तयार पारिएको ‘दुल्हा दुल्हन’ बोलको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेका शब्द रचना तथा सुशान्त गौतमको संगीत छ ।

विवाहको परिवेशमा खिचिएको गीतमा अभिनेता विजय बराल कमेडी शैलीमा गाउँदै र नृत्य गर्दै प्रस्तुत छन् । गीतमा दयाहाङ राई र मिरुना मगरको थारु संस्कृतिअनुसार विवाहको दृश्य समेटिएको छ । एक दृश्यमा उनीहरुलाई बधाई दिन अर्पण थापा ग्याङस्टर लुक्समा देखिएका छन् । मैथिली भाषा पनि प्रयोग गरिएको गीतको अडियो र भिडियो रोचक छ ।

निर्देशक अर्जुन सुवेदीले सिनेमामा यो गीत महत्त्वपूर्ण रहेको बताएका छन् । यसअघि सार्वजनिक टिजरपछि सिनेमाको चर्चा चुलिँदो छ । निर्देशक सुवेदी स्वयंको लेखन रहेको सिनेमामा प्रवीण खतिवडा, रमेश बुढाथोकी, शेखर चापागाईं, प्रभाकर न्यौपाने, सन्तोष सरकार र रबीन बोगटी लगायतको पनि अभिनय छ ।

सिनेमाको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा, निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ, सह निर्मातामा युवक कार्की र शिव शंकर चौलागाईँ तथा एशोसियट निर्मातामा विवेक खड्का (योलो) छन् । सिनेमालाई गोविन्द शाहीको काफियाम फिल्मस्ले वितरण गर्दैछ ।