‘तेल भिसा’का लागि अडिसनको आह्वान, यस्ता छन् मापदण्ड

‘तेल भिसा’का लागि अडिसनको आह्वान, यस्ता छन् मापदण्ड

द सिनेमा टाइम्स
357
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शंकर घिमिरेको निर्देशनमा निर्माण हुने सिनेमा ‘तेल भिसा’मा अभिनय गर्ने केही कलाकारका लागि अडिसनको आह्वान गरिएको छ । सिनेमाको मुख्य भुमिकामा यसअघि नै विपिन कार्की, गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् ।

चैतको दोस्रो साता अर्थात् अप्रिल १ तारिखबाट अमेरिकाको मेरिल्याण्ड राज्यमा छायांकन गरिने सिनेमाका लागि विभिन्न भूमिका अभिनय गर्ने कलाकारका लागि अडिसन आह्वान गरिएको हो । यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन, पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियनसहित फरक वर्ण देखिने नेपालीसहित बिदेशी मूलका महिला तथा पूरुषले अडिसनमा सहभागि हुन सक्नेछन ।

अडिसनमा सहभागिता जनाउनका लागि अमेरिकामै बसोबास गरिरहेका व्यक्ति हुनु पर्नेछ । जसले कलाकारितासँगै अमेरिकाको रहनसहन, भाषा र भेषभूषाको समेत राम्रो ज्ञान हासिल गरेको हुनु पर्नेछ । अडिसनमा सहभागिता जनाउन इच्छुकले सिनेमा निर्माण कम्पनी वेलडन क्रियशनको आधिकारिक इमेल [email protected] मा आफ्नो केही फोटो सहित बायोडाटा पठाउन पर्नेछ ।

नेपाली सिनेमाको अर्न्तराष्ट्रिय वितरणमा लोकप्रिय सेभेन सिज इन्टरटेनमेन्टसँग शंकर घिमिरेको वेलडन क्रियशनको सहकार्यमा निर्माण हुने ‘तेल भिसा’को ७० प्रतिशत छायांकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसी सहित विभिन्न लोकेशनमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुनेछ ।

सिनेमा निर्माणका लागि नेपाल अमेरिका सिनेमा सोसाइटीसहित विभिन्न नेपाली संघसंस्थाले सहजीकरण गर्दैछन । विभिन्न लोकेशन पर्मिटका लागि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारी लगायतको टिमले अमेरिकी सराकारको तर्फबाट छायांकनमा सहयोग गर्दैछन ।