वक्सअफिसमा ‘दयारानी’ बन्यो बलियो, वितरक भन्छन्- सिनेमाले कमायो १.२५ करोड

वक्सअफिसमा ‘दयारानी’ बन्यो बलियो, वितरक भन्छन्- सिनेमाले कमायो १.२५ करोड

दिमाग खराब' रिलिज भएयता नेपाली सिनेमा व्यापार गर्न असफल भइरहेका थिए।

द सिनेमा टाइम्स
784
Shares

सिनेमा टाइम्स, काठमाडौं नेपाली वक्सअफिसमा निरन्तर देखिएको व्यापारिक निराशालाईदयारानीले राहत दिएको छ।शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको सिनेमाले नेपाली वक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ।

सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले तीन दिनमा देशभर सिनेमाले करोड २५ लाखको कारोबार गरेको जानकारी दिएका छन्

दिमाग खराबरिलिज भएयता नेपाली सिनेमा व्यापार गर्न असफल भइरहेका थिए।

प्रचण्डमानले माओत्से गुरुङको निर्देशकिय डेब्यू सिनेमाले काठमाडौं उपत्यकाभन्दा मोफसल अझ राम्रो व्यापार गरेको जानकारी दिए

विशेषगरी निर्देशक गुरुङको गृहनगर पोखरामा सिनेमाले धेरै राम्रो व्यापार गरिरहेको छ। पोखराको मिडटाउन सिनेमाजले मंगलबारकालागि मात्र फिल्मलाई शो उपलब्ध गराएबाट पनि सिनेमाको व्यापार बुझ्न सजिलो पर्छ।

वितरक श्रेष्ठले सिनेमालेवर्ड अफ माउथराम्रो रहेकाले सिनेमाले सुखद कमाइ जारी राख्ने विश्वास व्यक्त गरे।

यसैगरी सिनेमाको व्यापार राम्रो भएपछि निर्देशक गुरुङले खुसी व्यक्त गरेका छन्

सिनेमामा दयाहाङ राई, दीया पुन, नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल लगायतको अभिनय

रामबाबु गुरुङ अपिल विष्ट सिनेमाका कार्यकारी निर्माता हुन् दयारानीको मूल पुरुष पात्र आफू कहिल्यै बाबु बन्न नसक्नेतथ्य लुकाएपछि आइपर्ने उतारचढावको कथा पेस गर्छ। धेरैले सिनेमाको कथ्यशैलीलाई मनपराएका छन्।

सिनेमाले आफ्नो मौलिक कथावस्तुका लागि तारिफ बटुलिरहेको छ।