‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक

‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक

द सिनेमा टाइम्स
469
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत माघ २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दयारानी’को नयाँ गीत ‘लाइदेउ छपक्कै’ सार्वजनिक गरिएको छ । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको सिनेमाको सार्वजनिक गीतमा बिनोद बानियाँको संगीत तथा मन क्षेत्रीको शब्द रचना अनि संगीतकार बानियाँ र मेलिना राईको स्वर सुन्न सकिन्छ ।

सिनेमाको सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई, विजय बराल र शिरिषा कुँवर लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । यो सिनेमालाई कलाकार माओत्से गुरुङले निर्देशन गरेका हुन् । उनको यो डेव्यु निर्देशकिय सिनेमा हो ।

सिनेमाको मूल पुरुष पात्र आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाएपछि आइपर्ने उतार चढावको कथा पेस गर्छ । धेरैले सिनेमाको कथ्यशैलीलाई मन पराएका छन् । सिनेमाले आफ्नो मौलिक कथावस्तुका लागि तारिफ बटुलिरहेको छ ।

सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । उनीहरुका अलावा सिनेमामा नयन गुरुङ, शिरिषा कुँवर, पुष्कर गुरुङ, प्रमिश गुरुङ, विजय बराल आदिको अभिनय रहेको छ ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।