बलियो देखियो ‘काँडेतार’को ट्रेलर

बलियो देखियो ‘काँडेतार’को ट्रेलर

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नवल खड्का निर्देशित तथा अभिनित ‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाले भारतले गर्दै आएको नेपालको सीमाक्रमणको विषयलाई कथाका रुपमा पेस गरेको छ ।

सिनेमाले नेपाल-भारत सीमामा तारबार गरिनुपर्ने कुरालाई मूलरुपमा उठान गरेको छ । सेन्सरमा अनेकन लफडालाई पार गर्दै फागुन २५ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा देशभक्तिका सिनेमामा रुचि राख्ने दर्शकका लागि रुचिकर हुनसक्छ ।

नेपाली भूमिमाथि हुने गरेको भारतीय अतिक्रमणलाई विषयलाई लिएर खड्काले दोश्रोपटक यसखाले सिनेमाको निर्माण गरेका हुन्। उनले यसअघि ‘दशगजा’ सिनेमा निर्माण गरिसकेका छन्। खड्का स्वयमले लेखेको कथामा उनले पटकथाका लागि भने शिवम अधिकारीसँग सहकार्य गरेका छन् ।

सार्वजनिक ट्रेलर प्राविधिकरुपमा अब्बल देखिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रम उपस्थितहरुले ट्रेलर सोचेको भन्दा राम्रो बनेको प्रतिक्रिया दिएका थिए। सिनेमामा नवल र गौरवका अलावा रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ रहेको ‘काँडेतार’ मणि थापा र दीपक शर्माको संगीत रहेको छ। सौरभ लामा छायाँकार हुन् भने तारा थापा ‘किम्भे’ तथा बन्दे प्रसादको सम्पादन सिनेमामा छ। नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रहेको यो सिनेमाकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।