दीपेन्द्रको ‘मेयर’को शुभसाइत

दीपेन्द्रको ‘मेयर’को शुभसाइत

सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा सिनेमा निर्माण गर्न लागिएको हो ।

द सिनेमा टाइम्स
2.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्देशन रहने वायोपिक सिनेमा ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ । सिनेमाको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा शुभ-साइत गरिएको हो ।

निर्मात्री शर्मिला पाण्डेले क्ल्याप हानेपछि सिनेमाका शीर्ष अभिनेता खगेन्द्र लामिछानेले नरिवल फुटाएर सिनेमाको शुभसाइत गरेका थिए । सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा सिनेमा निर्माण गर्न लागिएको हो । थापाको भूमिकामा अभिनेता लामिछानेले अभिनय गर्नेछन् भने अभिनेत्री वर्षा राउत लामिछानेको जोडी बन्नेछिन् ।

सिनेमामा खगेन्द्र र वर्षाका अलावा अर्पण थापा, अनुप बराल, दिव्यदेब, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, संजोग रसाईली, अशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमाबाट निर्देशक खनालकी सुपुत्री श्रृष्टिमाँ खनालले निर्माताका रुपमा र अर्विशाले कलाकारका रुपमा डेब्यू गर्दैछिन् । अर्विशा मेयर भरत थापाकी छोरी हुन् ।

सिनेमामा शर्मिला पाण्डेसमेतको निर्माण रहनेछ भने संगीत जे वाइवा र कल्याण सिंहको रहनेछ। महेश दवाडीको पटकथा रहेको सिनेमालाई कृष्ण थापाले छायाँकन गर्नेछन्।

निर्माण पक्षले ‘मेयर’मा केही राम्रो काम गररै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिति, घातप्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी म्रो बाटोमा डोर्याउन सक्छ भन्ने विषयमा केन्द्रित हुने जनाएको छ। सिनेमा फागुन १२ गतेबाट फ्लोरमा जानेछ । सिनेमा ‘मेयर’मा बिटिएस र स्टील फोटोग्राफी केशव पाण्डे र लक्षण पाण्डेको रहनेछ ।

तस्वीर : सुरेन्द्र थापा