केकीको ‘बोक्सीको घर’को फस्टलुक रिलिज

केकीको ‘बोक्सीको घर’को फस्टलुक रिलिज

सार्वजनिक पोस्टर पूर्णरुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मकरुपमा डिजाइन गरिएको छ ।

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । बैशाख १४ गते रिलिज हुने सिनेमाको आज फस्टलुक पोस्टर रिलिज गरिएको हो ।

सार्वजनिक पोस्टर पूर्णरुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मकरुपमा डिजाइन गरिएको छ ।

नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने भनाइ रहेको छ । पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ । उक्त पहिला पात्रलाई पछाडिबाट देखाइएको छ, अनुहार देखाइएको छैन भने पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

यस हिसाबले पोस्टर एकदमै आकर्षक बनेको छ । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको सिनेमालाई केकी अधिकारी फिल्मस्ले निर्माण गरेको हो भने सिनेमाका निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । यस्तै कार्यकारी निर्माता राज घिमिरे हुन् ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना उनको छ ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । टिफल्क फिल्मसले यो सिनेमालाई वितरण गर्नेछ ।

केकीले पोस्टर सार्वजनिक गर्दै लेखेकी छन्, ‘खुल्नेछन्, एक-एक गर्दै रहस्यका पोकाहरु। झुठ, न पहिले लुकाएर लुक्यो, न अब नै लुक्नेछ । हट्नेछन् भ्रमका तुँवालोहरु । हुनेछ जित, अवश्य‘ सत्यको !’