नीति शाहको डेव्यु सिनेमा ‘खजुरे ब्रो’को छायांकन सकियो

नीति शाहको डेव्यु सिनेमा ‘खजुरे ब्रो’को छायांकन सकियो

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘खजुरे ब्रो’को छायांकन सकिएको छ । एक महिना देखि धरानमा भई रहेको सुटिंग सकिएको छ । सिनेमाको सम्पूर्ण छायांकन सकिएको कार्यकारी निर्माता डायमण्ड उप्रेतीले दिए ।

काठमाडौं र धरानमा २५ दिन खिचेपछि मंगलबार सिनेमाको ‘प्याकअप’ भएको हो । नीतिको भागको छायांकन भने एक हप्ताअघि नै सकिएको थियो । उनले ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी हुन् । सिनेमामा नीतिको जोडी अभिनेता रेअर राईसँग बाँधिएको छ ।

सिनेमामा महेश त्रिपाठी, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, नविन मानन्धर, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ । सिनेमामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ पनि विशेष भूमिकामा छन् ।

सिनेमालाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । पारिवारिक व्यङ्ग्यात्मक कथामा आधारित रहेको सिनेमाका निर्माता सुरज सुनुवार र नवीन मानन्धर हुन् भने सह-निर्मातामा अनिल मानन्धर र पिकेश मानन्धर छन् ।

शिशिर बिसंखेको छायांकन रहेको सिनेमाको गीतमा अनमोल गुरुङको संगीत छ । सिनेमालाई अर्को वर्षको जेठ महिनामा रिलिज गर्ने योजनामा निर्माण टिम छ ।