‘अगस्त्य : च्याप्टर १’को ट्रेलर भोलि रिलिज हुने

‘अगस्त्य : च्याप्टर १’को ट्रेलर भोलि रिलिज हुने

द सिनेमा टाइम्स
770
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टिजर रिलिजपछि मेकिङका लागि तारिफ बटुलेको ‘अगस्त्य : च्याप्टर १’को ट्रेलर भोलि रिलिज हुने भएको छ । निर्माणपक्षले राजधानमा एक कार्यक्रम गर्दै भोलि ट्रेलर रिलिज गर्न लागेको हो ।

टिजरका लागि प्राप्त प्रशंसाबाट हौसिएको निर्माण टोलीले ट्रेलरबाट अझ राम्रो प्रतिक्रिया पाउने आशा राखेको जनाएको छ । आफूहरुको मेहेनत देखिने उनीहरुको भनाइ छ। सौरभ चौधरी निर्देशित बिग बजेट मल्टिस्टारर सिनेमाले टिजर रिलिज पछि आफ्नो हाइप बढाइरहेको छ ।

सिनेमामा सौगात मल्ल, नाजिर हुसैन, मलिका महत, प्रमोद अग्रहरी,विजय बराल, शिशिर वाङ्देल, रविन्द्र झा, बेन बस्नेत, सिम्रन खड्का , प्रकाश दाहाल आदिको मुख्य भूमिका रहेको छ । यसैगरी निश्चल बस्नेत विशेष भूमिकामा देखिनेछन् । सिनेमाले आफूले मनपराएकी युवती अपहरणमा परेपछि उक्त युवतीलाई अपहरणमुक्त बनाउने कथा सिनेमाले पेस गर्छ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको सिनेमामा लगानी छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको सिनेमाको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको थियो ।