‘पिताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

‘पिताम्बर’मा सुपुष्पा भट्ट अनुबन्धित

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कृषा चौलागाईंको निर्देशन रहने ‘पिताम्बर’ सिनेमामा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् ।

प्रदिप खड्का शीर्ष भूमिकामा देखिने यो सिनेमामा यसअघि नै अभिनेत्री आँचल शर्मा र सुरक्षा पन्त अनुबन्धित भइसकेका छन् । सरस्वती पूजाको दिन पारेर आज पूजा गरिएको छ । दुई चरणको सुटिङ तालिका रहेको सिनेमा आगामी हप्ताबाट फ्लोरमा जानेछ ।

पहिलो चरणमा १५ दिनको सुटिङ तालिका रहेको छ । पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमामा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले अभिनय रहनेछ ।

केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो ।

सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् । ५ करोड बजेट अनुमान गरिएको सिनेमाको तराईका विभिन्न ठाउँहरुमा छायांकन हुनेछ ।