‘कार्साङ’ले गर्‍यो स्क्रिप्ट पूजा, छिट्टै छाँयाकनमा जाँदै

‘कार्साङ’ले गर्‍यो स्क्रिप्ट पूजा, छिट्टै छाँयाकनमा जाँदै

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सरस्वती पूजाको अवसर पारेर ‘कार्साङ’ सिनेमाको सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ ।

सिनेमाको छायांकन मिति नजिकिएसँगै बौद्ध भिक्षुहरूबाट पूजा गराएर निर्माण पक्षले स्क्रिप्ट पूजा गरेको हो ।

सिनेमामा दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्के, श्रृजना निङ्लेकु तथा सुरक्षा पन्तको मुख्य भूमिका रहनेछ।

श्रृजनाको यो डेब्यू सिनेमा हो। सिनेमामा दिया मास्के, माओत्से गुरुङ, पुष्कर गुरुङ र छिरिङ शेर्पा सम्राट क्षेत्री छुकी शेर्पा र कर्मा शेर्पाको पनि अभिनय रहने छ ।

यार्सा सिनेमासको प्रस्तुतिमा यार्सा सिनेमास र पुरुषोत्तम प्रधान सिनेमासको ब्यानरमा निर्माण हुने ‘कार्साङ’का निर्देशक यम शेर्पा हुन् ।

शेर्पाको यो डेब्यू निर्देशन हो । सिनेमाको कथा, पटकथा तथा संवाद पनि शेर्पाले नै लेखेका हुन् । शेर्पाले यसअघि थुप्रै छोटा सिनेमाको निर्देशन गरिसकेका छन् ।

गोविन्द बोहोरा निर्माता रहेको सिनेमा ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तु हुनेछ ।

पुरुषोत्तम प्रधानको छायांकन रहने सिनेमाको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाकंन गरिने निमार्णपक्षले बताएको छ ।

सिनेमाको प्रोडक्शन म्यानेजरमा दिलीप पन्त रहेका छन् ।

‘कार्साङ’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको छ । सिनेमाको नेपाल वितरण आरआर फिल्मस्ले गर्नेछ ।