विपिन-मिरुना स्टारर ‘ऊनको स्वीटर’को पहिलो गीत सार्वजनिक

विपिन-मिरुना स्टारर ‘ऊनको स्वीटर’को पहिलो गीत सार्वजनिक

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नविन चौहानको निर्देशन रहने ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन दिवसको अवसर पारेर अभिनेता विपिन कार्की तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमाको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

गत असारमा सिनेमाले यस गीतको टिजरसहित सिनेमाको घोषणा गरिएको थियो । यो गीतमा सुजन चापागाईंको स्वर तथा संगीत रहेको छ भने हर्क साउदको शव्द रहेको छ।

सिनेमामा विपिन र मिरुनाका अलावा माओत्से गुरुङ, एलेक्स पारस, परिक्षा लिम्बु, अनिल सुब्बा, सुजर तमु, मिलन खत्री, अरूण पुन मगर, भावना खापाङ, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ तथा नरेश लावतीको अभिनय रहेको छ ।

यसअघि मंसिरबाट फ्लोरमा जाने बताइएको यो सिनेमाको वैशाखबाट सुटिङ हुने जनाइएको छ । पाँचथरमा छाँयाकन हुने सिनेमामा पटकथा निर्देश चौहानकै रहनेछ। सिनेमालाई आर्टमाण्डुले निर्माण गर्नेछ ।