‘सक्किगोनी’को टिमले सिनेमा ‘लाज शरणम्’ बनाउने

‘सक्किगोनी’को टिमले सिनेमा ‘लाज शरणम्’ बनाउने

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’को टिमले ‘लाज शरणम्’ सिनेमा बनाउने घोषणा गरेको छ ।

‘सक्किगोनी’ टिमको यो पहिलो सिनेमा हो । सिनेमामा कुमार कट्टेल-अर्जुन घिमिरे टिमको निर्देशन रहनेछ ।

‘लाज शरणम्’ कुमार, अर्जुनका अलवा ‘सक्किगोनी’का कलाकारहरू एवं नेपाली सिनेमाका कलाकारहरू समेतले अभिनय गर्ने जानकारी निर्माणपक्षले दिएको छ ।

आगामी वर्षबाट फ्लोरमा जाने सिनेमा कमेडी जनरामा निर्माण हुनेछ । स्क्रिप्टको पहिलो ड्राफ्टको काम सकिएको छ भने चाडै स्क्रिप्ट फाइनल गर्ने तयारी छ ।

यो टिमले यसअघि ‘फनफनी’ बनाउने तयारी गरेकोमा अब ‘लाज शरणम्’ निर्माण गरेर आगामी वर्ष रिलिज गर्ने भएको छ ।