पावरफूल देखियो मल्टिस्टारर सिनेमा ‘अगस्त्य’को ट्रेलर

पावरफूल देखियो मल्टिस्टारर सिनेमा ‘अगस्त्य’को ट्रेलर

टिजर रिलिजपछि तारिफ बटुलेकोमा सार्वजनिक ट्रेलरले दर्शकलाई सिनेमा हेर्न आकर्षण गर्ने देखिएको छ ।

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ ।

विहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले सिनेमाले बदलाको कथा पेस गर्ने देखाएको छ । सिनेमालाई सौरभ चौधरीले निर्देशन गरेका हुन्।

सार्वजनिक ट्रेलरमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्काले स्थान पाएका छन् ।

फागुन १८ गते रिलिज हुने सिनेमाले टिजर रिलिजपछि तारिफ बटुलेकोमा सार्वजनिक ट्रेलरले दर्शकलाई सिनेमा हेर्न आकर्षण गर्ने देखिएको छ ।

प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मलाई निर्देशक चौधरीले नै लेखेका हुन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको सिनेमालाई डायस्पोरामा सेभेन सिजले वितरण गर्दैछ ।