नेपालको ‘अ डिस्ट्र्याक्सन’ स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट सिनेमा महोत्सवको क्वाटरफाइनलमा

नेपालको ‘अ डिस्ट्र्याक्सन’ स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट सिनेमा महोत्सवको क्वाटरफाइनलमा

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छोटो नेपाली सिनेमा ‘अ डिस्ट्र्याक्सन’ वल्ड इम्प्याक्ट सिनेमा महोत्सवको क्वाटरफाइनलमा पुगेको छ।

९ मिनेट ४५ सेकेन्ड लामो यो सिनेमालाई प्रमोद त्रिमूलले निर्देशन गरेका हुन् भने ओम राज राउतले लेखेका हुन् । सिनेमाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकोमा लेखक राउतले उत्साह व्यक्त गरेका छन् ।

‘वर्ल्ड इम्प्याक्ट सिनेमा महोत्सवमा परिचित हुनु साँच्चै नै सम्मानिय कुरा हो। हामीलाई आशा छ ‘अ डिस्ट्र्याक्सन’ सिनेमाले दर्शकहरुको प्रविधिसँग सम्बन्ध र त्यसले व्यक्तिगत स्थितिमा पार्ने प्रभावहरुलाई प्रतिबिम्बित गर्नेछ’, राउतले भने ।

सिनेमालाई सन् २०२२ को कान सिनेमा महोत्सवमा छनौट भएको ‘ला खाउरिया’ र कान क्रिटिक्स विकमा ४ वटा पुरस्कार जितेका जुहान कामिलो मोरेनोले खिचेका छन् । यस्तै बबी लाहोत यसका साउन्ड डिजाइनर हुन् ।

स्टुडेन्ट वल्ड इम्प्याक्ट सिनेमा महोत्सवले सकारात्मक परिवर्तन ल्याउनले आपसी महत्वपुर्ण संवादको पक्षपोषण गर्ने सिनेमाहरुलाई स्थान दिनेगर्छ ।