‘दान्भी’मा कालिम्पोङ पुगेर एक्सन गर्दै पूजा

‘दान्भी’मा कालिम्पोङ पुगेर एक्सन गर्दै पूजा

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालपछि सिनेमा ‘दान्भी’को भारतको कालिम्पोङमा तेस्रो चरणको छायांकन भैरहेको छ । अभिनेत्री पूजा शर्मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत हुन लागेका सिनेमाको पहिलो हाफको दृश्य छायांकनका लागि निर्माण टिम कालिम्पोङ पुगेको हो ।

निर्देशक रुपेश तामाङका अनुसार, अहिले एक्सन र रोमान्टिक सिनको छायांकन भैरहेको छ । सिनेमाको छायांकन अझै एक हप्ता हुनेछ । सिनेमाको छायांकनमा पूजासहित डेव्यु अभिनेता कुन्साङ बोमजोम सहभागी छन् । छायांकन सेटबाट प्राप्त एक तस्वीरमा पूजा ‘किक’ हानेको अवस्थामा देखिएकी छन् ।

कालिम्पोङमा छायांकन गर्न जानुअघि सिनेमाको टिजर सार्वजनिक गरिएको थियो । जसमा पूजा दमदार शैलीको एक्सनमा प्रस्तुत भएकी थिइन् । पहिलोपटक एक्सन भूमिकामा काम गरेकाले उनमा डर र उत्साह दुवै देखिन्छ । सिनेमामा पूजा र कुन्साङका अलवा ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यू गरेका किरण श्रेष्ठको पनि अभिनय छ ।

‘दान्भी’ पूजाको करिअरका लागि विशेष मानिएको छ । देव मगर र अनुप गडाल निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता पवन राना मगर हुन् भने कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्माताको रुपमा छन् । सिनेमाको सम्पूर्ण छायांकन सकिएपछि प्रदर्शन मिति घोषणा गर्ने योजनामा निर्माण टिम छ ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमामा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद लेखन, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मुख्य सहायक निर्देशकमा नवराज शर्मा छन् ।