उल्लेख्य शो सहित दोश्रो सातामा ‘दयारानी’, ग्रस कमाइ १ करोड ५० लाख

उल्लेख्य शो सहित दोश्रो सातामा ‘दयारानी’, ग्रस कमाइ १ करोड ५० लाख

द सिनेमा टाइम्स
539
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘दयारानी’ आफ्नो प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । माओत्से गुरूङ निर्देशित सिनेमाले एक सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको सिनेमाका वितरकले बताएका छन् ।

सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, श्रृषा कुँवर आदिको प्रमुख भूमिका रहेको छ । सिनेमाले दर्शकहरुबाट सुखद प्रतिक्रिया बटुलिरहेको छ । सिनेमाले विशेषगरी मोफसलमा राम्रो व्यापार गरिरहेको छ भने काठमाडौंको व्यापार उल्लेखनीय छ ।

सिनेमाको व्यापारबाट निर्देशक गुरुङ खुशी देखिएका छन् । उनले सिनेमाको व्यापार र प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए । उनले दर्शकलाफ यो मायाप्रेमका लागि धन्यवाद छ भन्ने प्रतिक्रिया दिएका छन् ।
प्रदर्शनको दोश्रो सातामा सिनेमाले उल्लेख्य मात्रमा शो संख्या पाएको छ ।

सिनेमाले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाएपछि आइपर्ने सामाजिका तथा पारिवारिक घटनाक्रमलाई पेस गरेको छ । सिनेमा हेर्ने दर्शकहरुले ‘दयारानी’को विषयवस्तु मनपराएका छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।