शुक्रबारबाट प्रदर्शनमा आयो ‘जिग्री’

शुक्रबारबाट प्रदर्शनमा आयो ‘जिग्री’

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज फागुन ४ गते शुक्रबारबाट सिनेमा ‘जिग्री’ प्रदर्शनमा आएको छ । सिनेमाले पैसाको चक्करमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले उठाएको छ । मल्टिप्लेक्स हलमा न्युन शो पाएको सिनेमाले सिंगल स्क्रिन राम्रो पाएको छ ।

सिनेमालाई आकाश मगरले निर्देशन गरेका हुन् । सिनेमामा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

सिनेमा ‘जिग्री’मा कमेडी-क्राइम-एक्सन-ड्रामाको मिश्रण रहेको छ । सुस्केरा आट्र्सको प्रस्तुति र लोकल सिनेमाको निर्माण सहकार्य रहेको सिनेमाका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् ।

सिनेमामा छायांकन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, संगीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ ।