फागुन २५ गते रिलिज हुने ‘उपहार’को ट्रेलर सार्वजनिक

फागुन २५ गते रिलिज हुने ‘उपहार’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ज्ञानेन्द्र देउजा निर्देशित सिनेमाको ‘उपहार’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरले सिनेमा समसामयिक कथामा आधारित भएको देखाएको छ ।

सिनेमामा कमेडीसँगै गम्भिर विषय रहेको संकेत ट्रेलरले गरेको छ । ट्रेलरमा अभिनेत्री रेखा थापालाई चिया बेच्दै काठमाडौंमा संघर्ष गरेर स्थापित हुन खोजेकी पात्रका रुपमा देखाइएको छ भने पूजालाई कलेज गर्ल देखाइएको छ भने वेनिशा वकिलको भूमिका छिन् ।

सिनेमामा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मस्को संयूक्त ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।

सिनेमाको कथा सुलक्षण भारतीले लेखेका हुन् भने पटकथा र संवादमा भारतीको साथमा अभिमन्यू निरवी र माधव शर्माको संयूक्त लेखन रहेको छ । सिनेमामा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ । सिनेमालाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ ।