‘लन्डन टु पेरिस’को छायांकन सकियो, रिलिज कहिले ?

‘लन्डन टु पेरिस’को छायांकन सकियो, रिलिज कहिले ?

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको सिनेमाको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक घनश्याम लामिछानेले दिएका छन् ।

निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो । आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । सिनेमाको अन्तिम संपादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ ।

‘एक वर्षपछि सम्पूर्ण छायाँकन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु । कहिलेकाँहि सिनेमा ढिला हुँदा सिनेमा रोकिने नबन्ने गरेकोमा ढिला नै भएपनि हामीले सिनेमा पूरा गर्न सक्यौं । यसमा म खुशी छु’, लामिछानेले भने । छिट्टै नै एउटा रोमान्टिक सिनेमाले दर्शकको मन जित्नेमा आशावादी भएको उनको भनाइ छ ।

यसैगरी सिनेमाको पहिला खिचेको भागको डबिङ र कलर समेत भैसकेको छ भने मिक्सिङ तथा भिएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिएपछि हुनेछ । गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भुमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको सिनेमाको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमा यही सिनेमाबाट डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमाको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह छन् ।