‘दिमाग खराब’ले पुरा गर्यो प्रदर्शनको १०० औं दिन

‘दिमाग खराब’ले पुरा गर्यो प्रदर्शनको १०० औं दिन

निश्चल बस्नेत निर्देशित सिनेमा रञ्जना न्यूरोड, विश्वज्योति जमल तथा भिएफएक्स सिनेमाज् घोराहीमा प्रदर्शन भइरहेको छ । सिनेमाले समीक्षकीय रुपमा पनि राम्रो तारिफ पाएको थियो ।

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दिमाग खराब’ले प्रदर्शकको एक सायौं दिन पार गरेको छ । ‘जारी’पछि यसवर्ष एक सय दिन मनाउने यो दोस्रो सिनेमा हो । त्यसयता रिलिज भएका ‘जम्प’, ‘दुई कदम’, ‘चित्रा’, ‘पर्खी बसें तिमीलाई’ र ‘हात्तीछाप’ नेपाली सिनेमा बक्सअफिस असफल भएका छन् ।

तर, यसैबीच गत माघ २६ गतेबाट प्रदर्शनमा आएको ‘दयारानी’ले राम्रो व्यापार गरेपनि ‘दिमाग खराब’ भने केही सिनेमा हलमा कार्तिक २४ देखि निरन्तर नियमित प्रदर्शनमा रहेका छन् । यो सिनेमा हाल नियमित प्रदर्शनको १०० औं दिनमा रहेको छ ।

निश्चल बस्नेत निर्देशित सिनेमा रञ्जना न्यूरोड, विश्वज्योति जमल तथा भिएफएक्स सिनेमाज् घोराहीमा प्रदर्शन भइरहेको छ । सिनेमाले समीक्षकीय रुपमा पनि राम्रो तारिफ पाएको थियो । सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय वराल, सुमन कार्की आदिको मुख्य अभिनय रहेको छ । सिनेमाले हालसम्म १० करोडमाथिको व्यापार गरिसकेको छ ।

सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता रौनक विक्रम कडेल हुन भने कार्यकारी निर्मातामा सुरज बम मल्ल ठकुरी रहेका छन् । काठमाडौंमा सिनेमाका वितरक गोविन्द शाही हुन् भने काठमाडौं बाहिर मनोज राठी हुन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।