‘डिग्री माइला’को टिजर रिलिज, दयाहाङको अंग्रेजी डिग्रीमा शंका भएपछि (टिजर)

‘डिग्री माइला’को टिजर रिलिज, दयाहाङको अंग्रेजी डिग्रीमा शंका भएपछि (टिजर)

द सिनेमा टाइम्स
959
Shares

सिनेमा टाइम्स, काठमाडौं रामबाबु गुरुङ निर्देशितडिग्री माइलाको टिजर रिलिज भएको

सार्वजनिक टिजरमा सिनेमाका शीर्ष पात्रडिग्री माइलाबनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षककालागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ।

टिजरमा दयालाई आँचलसँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। यस्तै उनले टिजरको अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूलेचौधरी ग्रुपले मासिक लाख को जागिर प्रस्ताव लत्याएको भनेर भनेको दृश्यसमेत समावेश गरिएको छ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ।

मिनेट केही सेकेण्ड लामो टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रुपमा दाबी गरेको देखाइएको छ।रमाइलो शैलीमा प्रस्तुत गरिएको टिजरले ट्रेलर तथा सिनेमाप्रति दर्शकको रुचि बढाउने स्पष्ट संकेत गर्दछ।

सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ।

बाँसुरी फिल्मस्ले कबड्डी  फिल्मस्ले तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो।

सिनेमामा दयाका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ।

सिनेमालेकिन चाउरिस मरिच आफ्नै रागलेभन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ। सिनेमा आगामी नेपालीनयाँ वर्षमा रिलिज हुनेछ।

सिनेमामा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ।

यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन्।