डर र शक्तिको खेल ‘रङ्गेली’को ट्रेलर रिलिज

डर र शक्तिको खेल ‘रङ्गेली’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुने सिनेमा ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।

सिनेमाको सार्वजनिक ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्रस्तुत गरिएको छ । सिनेमाका प्रमुख कलाकारहरू सबैलाई समेटिएको ट्रेलरले नेपालको तराई क्षेत्रमा घटेका विभिन्न घटनाहरूलाई समेट्ने कोशिस गरेको छ । साथमा राजनीतिको असरको समेत झल्को दिइएको छ ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदी रङ्गेली दर्शकले चाहेको जस्तो सिनेमा बनाउने कोसिस गरेको बताए । ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो सिनेमा बनाएका छौं । रङ्गेलीको कथा तराई क्षेत्रको कथा हो । हामीले दर्शकले चाहेको जस्तै चलचित्र बनाउने कोसिस गरेका छौं,’ उनले भने ।

‘रङ्गेली’मा अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्ख भूमिका रहेको छ । सिनेमाका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शंकर चौलागाईं सह(निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्दैछ ।