चैत २३ मा शोभितको ‘बद्री बहादुर’ रिलिज घोषणा

चैत २३ मा शोभितको ‘बद्री बहादुर’ रिलिज घोषणा

द सिनेमा टाइम्स
266
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेतको निर्देशनमा निर्माण भएको ‘बद्री बहादुर : मिस्टर संखुवासभा’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि पटक-पटक प्रदर्शन सरेको सिनेमालाई अब आगामी चैत २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रदर्शन मितिसहित बुधबार सार्वजनिक दुई पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो सिनेमा नहेर्नुहोला’ भनेर उल्लेख गरिएको छ, जसले सिनेमा हाँस्य प्रधान रहेको बुझाउँछ । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् । सिनेमामा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।

सिनेमामा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमालाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो ।