नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै ‘पिताम्बर’को छायांकन सुरु

नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै ‘पिताम्बर’को छायांकन सुरु

द सिनेमा टाइम्स
399
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कृषा चौलागाईको निर्देशनमा निर्माण हुने सिनेमा ‘पिताम्बर’को पहिलो चरणको छायांकन सुरु भएको छ । नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । सिनेमाका बाल कलाकारले मुहूर्त सट दिएको जानकारी निर्देशक चौलागाईले दिइन् ।

गत फागुन २ गते सरस्वती पूजाको दिन कान्तिपुर फिल्म एकेडेमीमा स्कृप्ट पूजा गरिएको सिनेमाको फागुन ११ गतेबाट पहिलो चरण अर्न्तगतको १५ दिने सेड्युलको निरन्तर छायांकन थालिएको हो । सिनेमाको नवलपरासी पश्चात बुटवल र नेपालगञ्जमा समेत छायांकन हुने निर्देशक तथा निर्मात्री कृषा चौलागाईले बताइन् ।

सिनेमाको पहिलो सेड्युलमा अभिनेत्री सुरक्षा पन्त, अभिनेता अनुप विक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, दिव्य देव, सुपुष्पा भट्ट, विशाल पहारी, गौरव बिष्ट र बालकलाकारको भागको छायांकन गरिनेछ । मुख्य अभिनेता प्रदीप खड्का र सौगात मल्ल सिनेमामो दोस्रो सेड्युलमा मात्रै जोडिनेछन् ।

निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । सिनेमामा प्रदीप खड्का, सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव बिष्ट, बिशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ । कलाकारको यो लाइनअपले सिनेमा केही फरक र स्पेशल बन्ने देखिन्छ ।

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमाको निर्मातामा विशाल चौलागाई छन् । सिनेमाको तीन चरणमा छायांकन हुनेछ । यसपछि सिनेमाको बाकी छायांकन बैशाख र असार-साउनमा हुनेछ ।

सिनेमामा प्रदीप एक्सन भूमिकामा देखिनेछन् । उनी सिनेमाको दोस्रो चरणको छायांकनमा जोडिनेछन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमालाई निर्देशक चौलागाईले लार्ज स्केल बनाउँदैछिन् । सिनेमाको बजेट ५ करोड अनुमान गरिएको छ ।