अभिनेत्री रेखा थापा बनिन् छोरीकी आमा (हेनुस् तस्वीरहरु)

अभिनेत्री रेखा थापा बनिन् छोरीकी आमा (हेनुस् तस्वीरहरु)

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले शुक्रबार अमेरिकामा छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफुले छोरीलाई जन्म दिएको जानकारी दिएकी छन् ।

छोरीलाई जन्म दिएपछि अभिनेत्री थापाले लेखेकी छन्, ‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ ।’ यही पोस्ट मार्फत उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी जुराएको समेत उल्लेख गरेकी छन् ।

उनले निर्माण तथा अभिनय गरेको सिनेमा ‘उपहार’ आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनी यो सिनेमाको छायांकन सकेपछि परिवारको सल्लाहमा सन्तान जन्माउन अमेरिका गएकी थिइन् । उनी अमेरिका पुगेपछि सन्तान जन्माउन अमेरिका गएको भनेर आलोचना समेत खेप्नु परेको थियो ।

May be an image of 1 person, baby and hospital

May be an image of 1 person, baby, hospital and text