बैशाख २८ मा ‘खजुरे ब्रो’को प्रदर्शन मिति घोषणा

बैशाख २८ मा ‘खजुरे ब्रो’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार धरानमा आयोजित ‘धरान रन’को १२औं संस्करणको अवसरमा सिनेमा ‘खजुरे ब्रो’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै बैशाख २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

धरान सहरलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा सिनेमाका पात्रहरुको मुड दर्शाइएको छ । सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको सिनेमामा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको अभिनय रहेको छ ।

यही सिनेमाबाट नीतिले नेपाली रजतपटमा डेव्यु गरेकी हुन् । सिनेमामा धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गले विशेष भूमिकामा अभिनय गरेका छन् । सिनेमा लाइट-कमेडी जनरामा निर्माण भएको छ । धरानमा चर्चित मानिएका खजुरे पात्रबाट प्रभावित भएर सिनेमा निर्माण भएको हो । सिनेमामा नीतिको जोडी रेअरसँग बाँधिएको छ ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाको निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेको छायांकन रहेको सिनेमामा अनमोल गुरुङको संगीत छ । सिनेमाको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् ।